गगनकालिकाको १५ औं स्थापना दिवसमा रक्तदान
पाेखरा | असार २४, २०८२
पोखरा: पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौडामा मुख्य कार्यालय रही पोखरा महानगरपालिकाका वडा नं २९, ३०, ३१, ३२ र ३३ मा आफ्नो सेवा क्षेत्र बनाइ कृयाशिल गगनकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १५ औं स्थापना दिवसका अवसरमा आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा ४२ जना रक्तदाताले रक्तदान गरेका छन् । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले रक्तदानको महत्वबारे प्रकाश पार्नुभयो । वडामा भैरहेका विकास निर्माण लगायतका विषयमा उहाँले जानकारी गराउनुभयो ।
कार्यक्रमका सभापति एवम् गगनकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष किसान परियारले संस्थाले समाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
सहकारीको सेवालाई समय सापेक्ष गुणस्तरीय र प्रभावकारी बनाउने उद्देश्यका साथ मोवाइल बैंकिङ सेवा सञ्चालन गरिएको उहाँले जानकारी दिनुुभयो ।
सहकारीका संस्थापक सचिव एवम् पूर्व अध्यक्ष मेघराज पौडेलले संस्था स्थापना यता भैरहेका कामको चर्चा गर्नुभयो ।
सहकारीका अध्यक्ष किसान परियारको सभापतित्व एवम् कार्यबाहक सचिव गीता थापाले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत उपाध्यक्ष कमलबहादुर पुनले गर्नुभएको थियो भने सदस्य मनमाया पुनले सहकारीको सिद्धान्त वाचन गर्नुभएको थियो ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका महासचिव जानुका पराजुली, सदस्य भरत थापा, रक्तदाताका तर्फबाट रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, पूर्व रक्तदाता मोहनकुमार प्रधान, गगन महिला विकास सहकारी संस्थाका अध्यक्ष निशा पौडेल, गगनगौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बसन्तराज पौडेल लगायतले बोल्नुभएको थियो ।
सहकारीका कुल ७४० शेयर सदस्य रहेकोमा शेयर पुँजी चार करोड २६ लाख रुपैयाँ रहेको छ । सहकारीको कुल कारोबार १५ करोड रुपैयाँ भन्दा बढी रहेको छ ।
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

